भारतमा दैनिक सङ्क्रमण र मृत्युदर केही घट्यो
काठमाण्डौ – भारतमा कोरोना भाइरसको दैनिक सङ्क्रमण र मृत्युदर केही घटेको छ । दैनिक चार लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि र चार हजारभन्दा धेरैको ज्यान जान थालेको भारतमा केही केही दिनदेखि सङ्ख्या घटेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाको विवरण अनुसार भारतमा तीन लाख २६ हजार नयाँ सङ्क्रमित भेटिए भने तीन हजार आठ सय ९० जनाको ज्यान गएको छ । भारतले गएको जनवरीमा कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको थियो । अहिलेसम्म १८ करोड व्यक्तिलाई खोप दिइएको मन्त्रालयले जनाएको छ ।
भारत सरकारले १८ वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिलाई खोप दिने योजना अघि सारे पनि पर्याप्त खोप उपलब्ध नहुँदा सहज रुपमा खोप अभियान अघि बढ्न सकेको छैन । भारतमा सङ्क्रमित व्यक्तिको संख्या दैनिक चार लाखसम्म पुगे पनि भारत सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ । तर सङ्क्रमित धेरै देखिएका दिल्ली, मुम्बई लगायतका शहरमा राज्य सरकारले लकडाउन, प्रतिबन्ध, कर्फ्यु लगाएका छन् ।
कोरोनाको ठूलो संकट सामना गरिरहेको भारतमा अहिले अक्सिजनको आपूर्ति समेतका अत्यावश्यक औषधि र अन्य स्वास्थ्य सेवाको चरम अभाव भएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


