गाउँपालिका अध्यक्ष यादवलाई थुनामा राख्न आदेश

सुनसरी । जिल्ला अदालत सुनसरीले १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा वैशाख ८ गते पक्राउ परेका भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई थुनामा राख्न आदेश दिएको छ ।

यादव विरुद्ध सुनसरी जिल्ला अदालतमा आइतबार जबरजस्ती करणी मुद्दा दर्ता भएकोमा सोमबार भएको थुनछेक बहस पछि यादवलाई थुनामा राख्न आदेश दिएको हो ।

सुनसरी जिल्ला अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोख्रेलका अनुसार जिल्ला सरकारी वकिल कार्यालयले सोमबार बकपत्र गर्ने काम र बयान सकिएपछि यादवविरुद्धको मुद्दामा थुनछेक बहस भएको हो । त्यसमा थुनामा राखेर मुद्दाको किनारा लगाउने गरी कारागार चलान भएको स्रेस्तेदार पोख्रेलको भनाई छ ।

वादी नेपाल सरकारको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय सुनसरीका जिल्ला न्यायधिवत्ता नारायण रिमालले बहस गर्नुभयो भने प्रतिवादी यादवको तर्फबाट ५ जना वरिष्ठ अधिवक्ता लगायतकाले वकालत गर्नुभयो । सुनसरी जिल्ला अदालत ६ नम्बर इजलासका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले यो आदेश दिनुभएको हो ।

किशोरीलाई धरानस्थित डुकु होटेलमा लगी अध्यक्ष यादवले वैशाख ८ गते जबरजस्ती करणी गरेको भन्दै पीडित किशोरीकी आमाले इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दर्ता गराउनुभएको थियो । पीडितकी आमाको जाहेरीकै आधारमा इप्रका धरानले अध्यक्ष यादवलाई गिरफ्तार गरी जबरजस्ती करणी अभियोगमा अनुसन्धान सुरु गरेको थियो ।

थुनछेक बहसपछि अदालतले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP