चक्रवातको असर : पश्चिममा पानी पर्ने र उच्च हिमाली केही क्षेत्रमा हिमपातको सम्भावना
काठमाण्डाै – देशभरको मौसम बदली भएको छ । अहिले कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँ तथा देशका अरु एक/दुई ठाउँमा पानी परिरहेको छ ।
भारतको गुजरात आसपासमा रहेको चक्रवात ताउ–ते र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतमा बनेको चक्रवातको असर अस्तिदेखि नेपालमा पनि परेको छ । तर चक्रवात विस्तारै कमजोर बन्दै गएको र उत्तर–पूर्वतर्फ सरिरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कंडेलले बताउनुभयो ।
आज दिउँसोपख पनि मौसम बदलीकै अवस्था रहनेछ । कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा एक/दुई ठाउँमा ठूलो र अरु ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । बाँकी वाग्मती, प्रदेश दुई र एकका पहाडी केही ठाउँमा मेघगर्जन/चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको ।
उच्च हिमाली केही ठाउँमा हिमपात र वर्षाको सम्भावना छ । त्यस्तै आजराति पनि पश्चिमका केही ठाउँमा ठूलो पानी पानी पर्ने र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रमा कतै ठूलो पानी पर्ने र हिमाली क्षेत्रमा हिमपात हुने भएकाले खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
मेघगर्जन र हावाहुरीसहित पानी पर्ने, खोलामा पानीको सतह बढ्ने भएकाले घरबाहिर निस्कँदा या कतै यात्रा गर्दा सुरक्षित रहन मौसमविद् कंडेलले आग्रह गर्नुभयो । पर्सि शुक्रबारसम्म नदीतटीय क्षेत्रमा विशेष सावधानी अपनाउन बाढी सूचना केन्द्रले अनुरोध गरेको छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


