लेबनानमाथि इजरायलको जवाफी आक्रमण
काठमाण्डाै – इजरायलले लेबनानमाथि जवाफी आक्रमण गरेको छ ।
यसअघि लेबनानले इजरायलमा चार वटा रकेट आक्रमण गरेको थियो । यसको जवाफमा आफूले पनि आक्रमण गरेको इजरायलले जनाएको छ ।
यसबीचमा अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोनमा कुराकानी गर्नु भएको छ । गाजा क्षेत्रमा भइरहेको हिंसा पछि यो दुई नेताबीच चौथो पटक टेलिफोनमा कुराकानी भएको हो । उहाँहरुबीच गाजामा भइरहेको युद्धलाई रोक्ने विषयमा छलफल भएको ह्वाइट हाउसले जनाएको छ ।
बाइडेनले आजै आफूले युद्धविराम वा युद्ध कम भएको घोषणा चाहेको बताउनु भएको छ भने नेतान्याहुले इजरायलले लक्ष्यअनुसार काम गरिरहेको बताउनु भएको छ । गाजामा तत्काललाई युद्धविराम हुने अवस्था भने नदेखिएको बीबीसीले जनाएको छ ।
बाइडेन र नेतान्याहुबीचको सम्बन्धका कारण संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा इजरायलमाथि सङ्घर्षको संयुक्त प्रस्ताव लैजाने प्रस्तावको बाइडेनले विरोध गर्नु भएको थियो ।
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
भदौ १४, २०८३
काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ। सेनाको हवाई टोलीले…


