भारत : कोरोना सङ्क्रमित बिरामीमा आँखाको ज्योति गुम्ने ‘ब्ल्याक फङ्गस प्रकोप’, राजस्थानमा महामारी घोषणा
काठमाण्डाै – भारतको राजस्थान सरकारले ‘ब्ल्याक फङ्गस’ महामारीको घोषणा गरेको छ ।
विशेषज्ञले कोरोना भाइरसको निको भएका मधुमेहका बिरामीमा यस्तो खालको समस्या धेरै देखिन थालेको बताएका छन् । यो समस्याले बिरामीको आँखाको ज्योती नै गुम्ने गरेको पाइएको छ ।
राजस्थानको चिकित्सा स्वास्थ्य विभागले यो रोगको प्रकोप बढ्दै गएकाले महामारी नै घोषणा गरेको जनाएको छ । विभागले आँखामा समस्या देखिने बिरामीको सङ्ख्या बढ्दै गएको बताएको छ । राजस्थानका झण्डै एक सय बिरामी आँखा बिगार्ने ब्ल्याक फङ्गस रोगबाट पीडित भएका खबरमा उल्लेख गरिएको छ ।
यी बिरामीहरुको उपचारका लागि जयपुरको सवाई मानसिंह अस्पतालमा छुट्टै वार्ड बनाइएको छ । त्यहाँका मुख्यमन्त्री अशोक गहलोतले राजस्थानसहित देशका केही ठाउँमा कोरोना ठिक भएका बिरामीमा आँखा बिगार्ने ब्ल्याक फङ्गस देखिने क्रम बढ्दै गएको बताउनु भएको छ ।
अहिले दैनिक २० जना यस्तो समस्या लिएर अस्पताल पुग्ने गरेका पनि खबरमा भनिएको छ । गएको वैशाख २४ गते दिल्लीमा रहेको सर गंगा राम अस्पतामा यस्ता समस्या देखिएका झण्डै एक सय जना बिरामी पुगेका थिए भने ६९ जना बिरामी अस्पतालमा नै भर्ना भएका छन् ।
यो समस्या सुरुमा गुजरात र महाराष्ट्रका कोरोना सङ्क्रमित बिरामीमा देखिएको थियो । कोरोनाका कारण महाराष्ट्र सबैभन्दा धेरै प्रभावित भएको छ । त्यहाँ कोरोनाको सङ्क्रमण बिस्तारै कम हुँदै गए पनि ब्ल्याक फङ्गसले फेरि जोखिम बढाएको छ ।
महाराष्ट्रमा यो रोगका कारण ९० जनाको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । यो रोग ढिलो गरी पत्ता लागेकाले पनि ज्यान गुमाउनेको सङ्ख्या बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


