नयाँ सरकार गठनको दौडमा नलाग्ने ठाकुर पक्षको भनाइ
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले आफूहरू नयाँ सरकार गठनको दौडमा नलाग्ने जनाएको छ ।
शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आफू पक्षीय सांसदहरूको बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष महन्थ ठाकुरले आफूहरू विगतदेखि तटस्थ बस्दै आएको र अहिलेको अवस्था पनि त्यही रहेको बताउनुभयो । उहाँले आफूहरू प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको विरोधमा नरहेको पनि स्पष्ट पार्नुभयो ।
अध्यक्ष ठाकुरले संविधान संशोधन गर्नका लागि ५ सदस्यीय कार्यदल बनाइएको र जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेको पनि जानकारी गराउनुभयो । जसपा नेता राजेन्द्र महतोले आफुहरु पद र कुर्सीका लागि नलागेको बताउनुभयो । जसपा आफ्नो माग र मुद्दाको पक्षमा मात्रै रहेको उहाँको भनाइ थियो ।
नेता महतोले आफूहरू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले आफूहरूसँगको सहमतिका आधारमा सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको, मधेश आन्दोलनका सन्दर्भमा मुद्दा लागेका १ सय २० जना नेता कार्यकर्तालाई मुद्दा फिर्ता गरिएको र दोस्रो चरणमा पनि बन्दीहरूलाई छुटाउने सम्बन्धमा प्रक्रिया अगाडी बढेको समेत बनाउनुभयो ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


