१ सय ५३ सांसदकाे हस्ताक्षरसहित प्रधानमन्त्रीमा ओलीकाे दाबी
काठमाण्डाै – नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नाे दाबी पेस गर्नुभएकाे छ ।
ओलीले नेकपा (एमाले) का एक सय २१ र जसपाका ३२ गरी एक सय ५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी गर्नुभएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभएकाे छ ।
दाबी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महताे र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गर्नुभएको छ ।
कांग्रेस र माओवादी गठबन्धनका शीर्ष नेताहरु बैठक कक्षमा राष्ट्रपतिको प्रतिक्षा गरिरहेका छन् । कांग्रेस र माओवादी गठबन्धन पनि सरकारको दाबी गर्दै शीतल निवास पुगेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसद्को बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिनुभएको छ ।
नयाँ सरकार गठनका लागि एक सय ३६ सांसदको आवश्यकता पर्छ ।
नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


