गणतन्त्रकाे नाममा ब्रह्मलुट भयाे, ताजा जनादेशमा जानुपर्छ : नेता थापा

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब नागरिकलाई विकल्प खाेज्ने अवसर दिनुपर्ने बताउनुभएकाे छ । प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेकाे दाबीमा आधार नभएकाे भन्दै नेता थापाले विकल्प खाेज्ने अवसर दिनुपर्ने बताउनुभएकाे हाे । 

उहाँले दुवै दाबी जाली/किर्ते भएकाे र दुवै खारेज गरी संविधानअनुसार चुनाव घाेषणा गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गर्नुभएकाे छ । उहाँले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएकाे छ, ‘राष्ट्रपति महोदय, दुवै दाबीमा संविधानको धारा ७६ काे उपधारा (५)अनुसार ‘विश्वासको मत प्राप्त गर्ने’आधार छैन । दुवै जाली/किर्ते हुन् । दुवै खारेज गरी संविधानअनुसार चुनाव घोषणा होस् ।’ 

साथै नेता थापाले सङ्घीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरेकाे र लोकतन्त्रको नाममा ब्रम्हलुट गरेकाे आराेप लगाउनुभएकाे छ ।   

TOP