वैदेशिक रोजगार बोर्डले १९ सय ३७ बालबालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने
काठमाण्डौ – वैदेशिक रोजगार बोर्डले शैक्षिक सत्र २०८७ का लागि ५२ जिल्लाका १९ सय ३७ जनालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
अघिल्लो वर्ष निकालेको सूचनामा ७४ जिल्लाबाट २६ सय वटा निवेदन प्राप्त भएको र प्राप्त निवेदन मध्ये अहिलेसम्म ५२ जिल्लाका १९ सय ३७ जना छात्रवृत्ति पाउन योग्य भएको बोर्डले जनाएको छ ।
बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठका अनुसार १९ सय ३७ जनाका लागि छात्रवृत्ति रकम एक करोड ८५ लाख २ हजार रुपैयाँ हुन आउँछ । त्यो रकम जिल्ला अनुसार चेक तयार भएको र सम्बन्धित जिल्ला शिक्षा कार्यालयलाई पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
अझै बाँकी जिल्लाको भने निवेदन उपर छानबिन भइरहेको । कार्यविधि अनुसार निवेदन दिनेहरू योग्य भएमा सबैले यो छात्रवृत्ति पाउँछन् ।
कार्यविधि अनुसार वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका, अङ्गभङ्ग, अशक्त र बेपत्ता भएका श्रमिकका छोराछोरीले वैदेशिक रोजगार बोर्डमार्फत शैक्षिक छात्रवृत्ति पाउने व्यवस्था छ । सरकारले पहिलो चरणमा भने वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका कामदारका बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।
माध्यमिक तहसम्म पढ्ने बालबालिकाले बोर्डमार्फत प्रदान गर्ने छात्रवृत्ति पाउँछन् । यस्तो छात्रवृत्ति एक कक्षाका लागि एक पटक मात्र उपलब्ध हुन्छ । आधारभूत तहमा बढ्ने बालबालिकाले वर्षमा आठ हजार रुपैयाँ र माध्यमिक तहमा पढ्नेले वार्षिक १२ हजार रुपैयाँ छात्रवृत्ति पाउँछन् ।
छात्रवृत्ति लिन के गर्ने ?
हरेक शैक्षिक सत्रका लागि वैदेशिक रोजगार बोर्डले सूचना प्रकाशित गर्छ । सूचना प्रकाशित गरेको बेला तोकिएको समयभित्र निवेदन दिनुपर्छ ।
निवेदन दिँदा साथमा कामदारको श्रम स्वीकृतिको प्रतिलिपि, बालबालिकाको संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, यदि कामदारको मृत्यु भएको भएमा मृत्यु दर्ताको प्रमाणपत्र वा अङ्गभङ्ग वा गम्भीर बिरामी भएको त्यसलाई प्रमाणित गर्ने मान्यताप्राप्त डाक्टरको सिफारिस पत्र अनिवार्य चाहिन्छ । निवेदन दिने बालबालिका र श्रमिकबीच नाता प्रमाणको प्रतिलिपिका साथै आफ्नो सम्बन्धित पालिकाको सिफारिसको प्रतिलिपि पनि निवेदनका साथ पेस गर्नुपर्छ ।
यसका साथै कामदार करार अवधि भित्रै अङ्गभङ्ग वा गम्भीर बिरामी भई समस्यामा परे स्वदेश फर्किएको खुल्ने कागजात पनि चाहिन्छ ।
यसबारे थप बुझ्न श्रम कल सेन्टरमा निःशुल्क नेपाल टेलिकमका नम्बरहरूबाट ११४१ नम्बरमा अथवा १६६०००१५०००५ मा र विदेशबाट सः शुल्क ९७७ १५९७००८ नम्बरमा र भाइवरमार्फत ९७७९८०१८०००१३ नम्बरमा फोन गर्न सकिन्छ ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


