नेपाली भाषा साहित्यमा विद्यावारिधि गर्ने पहिलो नेपाली महिला डा. बानिरा गिरीको निधन
काठमाण्डाै – नेपाली भाषा साहित्यमा विद्यावारिधि गर्ने पहिलो नेपाली महिला डा. बानिरा गिरीको निधन भएको छ ।
उहाँको उपचारका क्रममा गएराति निधन भएको बानिरा फाउण्डेशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो।
लामो समयदेखि मधुमेहको समस्या भाेग्नु भएकी गिरी विगत पाँच वर्षदेखि अल्जाइमर रोगबाट पनि पीडित हुनुहुन्थ्यो । उहाँको काठमाण्डाै नयाँ बानेश्वरको सिभिल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रसाईँले जानकारी दिनुभयो ।
गिरीलाई कोरोना भाइरसको सङ्क्रमण पनि भएको थियो । २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा जन्मिएकी डा.गिरी छात्रवृत्तिमा २०२२ सालमा एमए पढ्न काठमाण्डाै आउनु भएको थियो । उहाँ २०२५ सालदेखि पद्मकन्या कलेजमा प्राध्यापन पेसामा आबद्ध हुनुहुन्थ्यो ।
त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक भएपछि उहाँले २०४२ सालमा पीएचडी गर्नु भएको थियो । डा.गिरीका कविता, निबन्ध र उपन्यास गरेर १४ वटा कृति प्रकाशित छन् । उहाँका कृति विश्वका विविध भाषामा अनुवाद भएका छन् । गिरीका श्रीमान, एक छोरी र एक छोरा छन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


