प्युठानमा आमा, छाेरी र छाेरा मृत अवस्थामा भेटिए
दाङ – प्युठानमा एकै परिवारका तीन सदस्य मृत अवस्थामा भेटिएका छन् । स्वर्गद्वारी नगरपालिका ९ की अन्दाजी ३२ वर्षीया गायत्री सुनार, सात वर्षीया छोरी र तीन वर्षीय छोराको शव प्युठान नगरपालिका वडा नम्बर १ चेरनेटा जङ्गलमा सालको रुखमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
साेमवार (हिजो) दिउँसो माइतीमा आमा भेट्न जान्छु भनेर हिँडेकी गायत्री र छोराछोरीको शव झुन्डिएको अवस्थमा भेटिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक (डीएसपी) सुनिल मल्लले जानकारी दिनुभएको छ । मल्लका अनुसार एउटै रुखमा तीनै जना अलग/अलग डोरीमा झुन्डिएको देखिएको छ ।
दाङमा पनि दुई जना मृत भेटिए
यस्तै दाङमा पनि दुई जना मृत अवस्थामा भेटिएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ७ सुकवारका अन्दाजी २९ वर्षीय रेखबहादुर घर्तीसँगै एक महिला झुन्डिएको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । गएको शनिबार घरबाट निस्किएका घर्तीको शव केही पर आँपको रुखमा झुन्डिएको अवस्थामा आज भेटिएको हो ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


