नेप्से सामान्य घट्यो, कारोबार रकम पनि कम
काठमाण्डाै – केही समययता लगातार रेकर्ड बनाउँदै आएको शेयर बजार मङ्गलवार (आज) भने घटेको छ । नेप्से आज ६ दशमलव पाँच अङ्कले घटेर २८ सय १६ दशमलव ५६ विन्दुमा झरेको छ ।
आज बैकिङ समूहको शेयर साढे २५ अङ्कले घटेको छ । यस्तै होटल समूहको २८ अङ्कले, फाइनान्सको झण्डै दुई अङ्कले, उत्पादनको साढे २२ अङ्कले र अन्य समूहको शेयर २९ अङ्कले घटेको छ । व्यापार, जलविद्युत्, माइक्रो फाइनान्स, जीवन बीमा र निर्जीवन बीमा समूहको शेयर भने बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज दुई सय १९ कम्पनीका दुई करोड ३४ लाख कित्ता शेयर ११ अर्ब १३ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अरुण काबेली जलविद्युत् कम्पनीको ३३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार कारोबार भएको छ ।
आज मल्टिपर्पोज फाइनान्सको शेयर सबैभन्दा धेरै झण्डै साढे तीन प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि वरुण हाइड्रो, माउन्टेन हाइड्रो, युनिभर्सल पावर र घलेम्दी हाइड्रोको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


