पत्रकार महासङ्घका अध्यक्ष चढेकाे कार तुलसीपुरमा दुर्घटना
दाङ – नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल चढेकाे गाडी दाङको तुलसीपुरमा दुर्घटनामा परेको छ । दाङ तुलसीपुर उद्योग वाणिज्य सङ्घ जाने सडक चोकमा रा १ च ९५५ नम्बरको जीपले ३–०१० २२ च ९२२६ नम्बरको कारलाई ठक्कर दिँदा केन्द्रीय अध्यक्षसँगै कारमा रहेका नेपाल पत्रकार महासङ्घ दाङका पूर्वअध्यक्ष सुदीप गौतम घाइते हुनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ दाङका पूर्वअध्यक्ष गौतमको टाउकोमा चोट लागेको छ । गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले जानकारी दिनुभएको छ ।
कारमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी लगायतको टोली रहेकाे थियो । पत्रकारको टोली नेपाल पत्रकार महासङ्घ दाङका साधारण सदस्य हेमन्त शर्मालाई भेटेर फर्किँदै थियो । ठक्कर दिने जीपलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


