देशका धेरै ठाउँमा एक सय मिलिमिटर भन्दा धेरै वर्षा, आज रातभरि पनि झरी पर्ने
काठमाण्डाै – देशभरका धेरै ठाउँमा लगातार झरी परेको छ । धेरै ठाउँमा एक सय मिलिमिटर भन्दा धेरै पानी परेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार इलाम, सप्तरी, महोत्तरी, मकवानपुर, चितवन, नवलपरासी लगायत क्षेत्रमा ठूलो पानी परेको छ ।
नवलपुर, डण्डा, बर्दाघाट र आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टादेखि वर्षा भइरहेको र थप वर्षा हुने देखिएकोले त्यस क्षेत्रमा बाढी आउन सक्ने चेतावनी दिइएको छ । यस्तै सप्तरी, सिरहा र आसपासका जिल्लामा ठूलो वर्षा भएको छ । यी क्षेत्रमा अझै ठूलो वर्षाको सम्भावना रहेका बाढी आउन सक्ने हुँदा नदी आसपासमा बसोबास गर्नेहरूलाई सावधानी अपनाउन भनिएको छ ।
यस्तै लगातारको झरीका कारण पहाडी क्षेत्रमा पनि पहिरो जाने खतरा रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । गएकाे बुधवार (अस्ति) देखि लगातार जसो परेको झरी शनिवार (भोलि) भने रोकिने पूर्वानुमान गरिएको छ ।
काठमाण्डौ उपत्यकामा भोलि बिहान ९/१० बजेदेखि नै पानी पर्न रोकिने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । अन्य क्षेत्रमा भने दिउँसो पछि वर्षा रोकिने उहाँले बताउनुभयो । पर्सी आइतवार र सोमवार पानी नपरे पनि मङ्गलवारदेखि फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


