चार प्रभावशाली देशका प्रमुखबीच हरित वृद्धीबारे छलफल हुँदै
काठमाण्डाै – विश्वमा हरित वृद्धी र वातावरण अनुकूल व्यवहारबारे विश्वका चार प्रभावशाली देशका नेताहरुबीच सम्मेलन हुने भएको छ । दक्षिण कोरियाले आयोजना गर्न लागेको अनलाइन सम्मेलनमा जर्मन चान्सलर एञ्जेला मर्केल, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रो, बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन सहभागी हुने समाचारसंस्था एएनआइले जनाएको छ ।
यस्तै अमेरिका र चीनकातर्फबाट सम्बन्धित राष्ट्रपतिका जलवायु तथा वातावरण सम्बन्धी प्रतिनिधिहरु सहभागी हुनेछन् । आइतवार र सोमवार हुने सम्मेलनमा चार देशका कार्यकारी प्रमुखसँगै ६० जनाभन्दा बढी नेता र उच्च तहका सरकारी अधिकारीहरु पनि सहभागी हुने जनाइएको छ ।
जलवायु परिवर्तनका असरसँगै कोरोना महामारी र विश्वव्यापी कृत्रिम अक्सिजन माग बढिरहेका बेला यो सम्मेलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । हरित वृद्धि र विश्व लक्ष्यका लागि सहभागिता (पी फोर जी) विश्वभरि वातावरण तथा अर्थमैत्री दिगोवृद्धिका लागि सहयोग गर्ने उद्देश्यले बनाइएको अन्तर्राष्ट्रिय मञ्च हो ।
यसको पहिलो सम्मेलन सन् २०१८ मा डेनमार्कमा भएको थियो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


