विकसित देशले शुल्क लिएका छन्, हामीले कोरोनाको नि:शुल्क उपचार गरिरहेका छौँ : ओली
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धेरैजसो कोरोना सङ्क्रमितको नि:शुल्क उपचार गरिरहेको दाबी दोहोर्याउनुभएको छ ।
गणतन्त्र दिवसको अवसरमा सेनाकाे मुख्यालय भद्रकालीमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकारले धेरैजसो सङ्क्रमितको उपचार निःशुल्क गरिरहेको, निःशुल्क खोप अभियानलाई पनि निरन्तरता दिइरहेको, जबकि कतिपय सम्पन्न र विकसित देशहरुले पनि यस किसिमले उपचार निःशुल्क नगरेको जिकिर गर्नुभयो ।
ओलीले आउँदो चुनावभन्दा अगाडि नै सबै नागरिकलाई खोप उपलब्ध गराउन प्रयास अघि बढाएको पनि दाबी गर्नुभयो । गणतन्त्रलाई नागरिकको जीवनसँग जोडेर अघि बढ्न सम्पूर्ण प्रयासहरू केन्द्रित रहेका र विकासका चौतर्फी अभियान अघि बढेका प्रधानमन्त्री ओलीको दाबी छ ।
सेवाप्रवाहमा व्यापक सुधारसहित नागरिकमा सन्तुष्टि बढ्दै गइ विकास, समृद्धि तथा सुशासनका सबै आयामहरू तथा विश्वप्यापी परिसूचकहरूमा उल्लेख्य सुधार आउनुले देश सही दिशातिर अगाडि बढेको नै स्पष्ट भएको ओलीको भनाइ छ ।
आवधिक चुनाव लोकतन्त्रको आधारभूत पक्ष भएकाले आउँदाे कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा आम चुनावको घोषणा गरिएको र चुनाव भएरै छाड्ने ओलीले बताउनुभयो । चुनाव नहुने भ्रम नछर्न विपक्षी दललाई आग्रह गर्दै ओलीले सरकार निर्धारित समयमा नै स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा चुनाव सम्पन्न गर्न प्रतिबद्ध रहेको दोहोर्याउनुभयो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


