ओलीको धर्मास्त्रः चुनावमा हिन्दु मत तान्ने रणनीति
काठमाडौं, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावलाई हिन्दुको मन जित्न रकम विनियोजन गराएका छन् । ओली सरकारले आगामी आर्थिक वर्षको बजेटमा पशुपतिनाथमा ३५ करोड विनियोजन गर्नुका साथै अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको छ ।
यसअघि नै ओलीले पशुतिनाथमा सुनको जलहरीका लागि रकम विनियोजन गराएका थिए । राम मन्दिर निर्माण सुरु गराइसकेका थिए ।
पछिल्लो समय ओलीले हिन्दुत्वको मुद्दालाई उठान गरिरहेका छन् । उनको यो कदमबाट हिन्दु जनमत आकर्षित बन्दै गएको छ । ओलीले आगामी चुनावमा धर्मास्त्रलाई दरिलो रुपमा फ्याँक्ने संकेत गरिसकेका छन् ।
देशमा ९० प्रतिशतभन्दा बढी हिन्दु धर्मालम्बी रहेको अवस्थामा ओलीको पछिल्लो कदमले निकै अर्थ राख्छ । कतिपयले उनलाई हिन्दुराष्ट्र स्थापनामा बढेको भन्दै आएका छन् । ओलीले हिन्दुत्वको मुद्दालाई भने उठाइरहेको देखिन्छ ।
ओली केही महिना अघि पशुपतिनाथमा पूजा गर्न पुगेका थिए । बालुवाटारमा पूजा समेत गरेका थिए । ओली धार्मिक कार्यक्रममा निकै सक्रिय पनि भएका थिए ।-फाइल तस्बिर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


