यस वर्षकाे मनसुन खतरायुक्त हुन सक्छ, तयारी सुरु गराैँ : डा. पाेखरेल
काठमाण्डाै – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुन खतरायुक्त हुन सक्ने बताएको छ । सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोग–व्याधिले धेरैलाई असर गर्न सक्ने बताउनुभएको हो ।
उहाँले दक्षिण एसियाको मौसमसम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमानअनुसार यस वर्ष सरदरभन्दा बढी पानी पर्ने देखाएको बताउनुभयो । अघिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना घटेको हुँदा यस वर्ष विपद्काे घटना बढ्न सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पोहोरभन्दा यसपालि झन् गाह्रो अवस्था आइपुगेको छ । पोहोर सरदर वर्षा हुँदा अकल्पनीय क्षति बेहाेर्नुपर्याे । माैसम आउटलुकमा यस वर्ष सरदरभन्दा बढी पानी पर्ने देखाएकाे छ, यही कारण याे वर्ष झन् गाह्राे छ । बाढी, पहिरोको घटना र अन्य रोग–व्याधिका घटना नि बढ्ने देखेका छौँ ।’
डा. पोखरेलले बाढी, पहिरो, रोग–व्याधि, सर्पदंश लगायतले एक सय २० दिनसम्म पिरोल्ने भएकाले विपदबाट बच्न पूर्वतयारी आवश्यक रहेको बताउनुभयो । जोखिमका बस्ती छन् भने अहिलेदेखि नै सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘हरेक व्यक्ति, समुदायको आ–आफ्नो ठाउँमा पूर्वतयारी गर्नु आवश्यक छ । जोखिमका बस्ती छन् भने सुरक्षित हुन अविलम्ब उपाय सुरु गर्नुपर्छ । सर–सामग्रीको जोहो गर्ने बेला यही हो । तयारी सुरु गरौँ ।’
उहाँले विपदबाट बच्न र जानकारी प्राप्त गर्नका लागि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आफूहरूले प्रेसित गर्ने सन्देश निरन्तर हेर्न, पढ्न र सुन्न पनि आग्रह गर्नुभयो ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


