विप्लव नेकपाले दाङको कोरोना अस्पतालमा विरामी कुरुवा प्रतिक्षालय बनाउँदै
हेमन्त वली, दाङ
विप्लवले नेतृत्व गरेको नेकपा दाङले बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा विरामी कुरुवा प्रतिक्षालय बनाउने भएको छ । एक कार्यक्रमकाबीच आज प्रतिक्षालयको शिलान्यास गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य बलबहादुर वली ‘शितल’ले प्रतिक्षालयको शिलान्यास गरे ।
शिलान्यास कार्यक्रममा मन्तव्य राख्दै वलीले नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था स्थपना गर्नुको विकल्प नरहेको जिकिर बताए । उनले नेपाली जनताको रक्षा र नेपाल राष्ट्रको रक्षाको निम्ति वैज्ञानिक समाजवादी व्यवस्था नै अहिलेको आवश्यकता रहेको दावी गरे । उनले कोभिडका विरुद्ध राज्यले प्रचारात्मक रुपमा केही गरेपनि मुलभूत रुपमा जनताप्रति उत्तरदायी नभएको आरोप लगाए ।
जनताको जीवनर रक्षालाई बेवास्ता गर्दै राज्यले सत्ता लुछाचुँडी गर्दै विकासको बेमौसमी बाजा बजाइरहेको उनको ठहर छ । एक प्रसंगमा वलीले बिरामीलाई उपचारमा सहयोग पुर्याउने उद्धेश्यले प्रतिक्षालयको निर्माण गर्न लागिएको बताए । उनले प्रतिक्षालय पार्टीको योजनामा जनताप्रति उत्तरदायी व्यवसायीहरुको सहयोगमा निर्माण भइरहेको बतए । उनले कार्यकर्तालाई पार्टीको योजना अनुसार एक साता भित्र प्रतिक्षालय निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिए ।
कार्यक्रममा मन्तव्य राख्दै राप्ती प्रादेशिक अस्पतालका अध्यक्ष अतिथि पदम न्यौपानेले बिरामीका आफन्तलाई आश्रय स्थलको रुपमा निर्माण हुने प्रतिक्षालयले कोभिडका विरुद्धको लडाइमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
शिलान्यास कार्यक्रममा बेपत्ता योद्धा परिवार समाजका केन्द्रीय अध्यक्ष सुन्दर वली, नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी प्रदिप वली, युवा संगठन नेपालका केन्द्रीय सदस्य तिलक योगी र विरेन्द्र विक, नेकपा दाङका सदस्य मदन केसी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य डिल्ली वली, मेडिकल सुपरिटेन्डेन्ट डा.विनोद सिंह, प्रादेशिक अस्पतालका अध्यक्ष पदम न्यौपाने, कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वली, संस्कृत विश्वविद्यालय कर्मचारी व्यवस्थापक विनय पोख्रेल, तुलसीपुर खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वलीको पनि उपस्थिति थियो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


