जनता समाजबादी पार्टीका कार्यकर्ताद्वारा राष्ट्रपति र प्रधानमंत्रीको पूत्ला दहन
वीरगन्ज, जेठ १९
जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो समूह नेकपा एमालेको ओलीपक्षसँग सत्ता साझेदारीका तयार रहेको अवस्थामा उपेन्द्र यादव र बाबुराम भट्टराई समूहले भने राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएका छन् ।बिन्दबासिनी गाउपालिका वडा न ३ झौवा गुठीमा पनी असंबैधानीक , आलोक्तांत्रिक र प्रतिगमनकारी कदमको बिरोध गर्दै पुत्ला दहन गरेका छन।

पर्साको १४ वटै पालिकामा मंगलबार जसपा उपेन्द्र र बाबुराम समूहले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक संसद विघटनको असंवैधानिक कदम चालेको र त्यसलाई राष्ट्रपतिले साथ दिएको भन्दै जसपा यादव भट्टराई समूहले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएका हुन् । वीरगन्ज महानगरपालिको बाईपासमा जनता समाजवादी पार्टीका नेताहरुले पुत्ला जलाएका छन् ।पर्साका अन्य पालिकाहरुमा पनि जसपाका नेता कार्यकर्ताहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएका छन् । उनीहरुले सरकार विरुद्ध चर्को नारावाजी समेत गरेका छन् ।
जसपा बिन्दबासिनी गाउपालिकाद्वारा बिरोधमा बिन्दबासिनी गाउपालिका अध्यक्ष श्रीलाल मोदी लगायतका नेता कार्यकर्ताहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएका थिए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


