निषेधाज्ञाका कारण दूधको खपत ५० प्रतिशतले घट्यो, खपत कम हुँदा किसान मर्कामा
काठमाण्डाै – निषेधाज्ञाको अवधिमा ५० प्रतिशत दुग्धजन्य पदार्थको खपतमा कमी आएको छ । निषेधाज्ञाका कारण उपभोक्ताबाट माग कम आएकाले किसानले उत्पादन गरेको दूध खपत आधाले घटेको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । निषेधाज्ञाले होटल रेष्टुरेन्ट, स्कूललगायत दूध खपत हुने क्षेत्र बन्द रहेकाले दूधको माग घटेको बोर्डले जनाएको छ ।
निषेधाज्ञा अगाडि दैनिक साढे आठ लाख लिटर दूध सङ्कलन भइ खपत हुने गरेकोमा अहिले चार लाखको हाराहारीमा मात्रै सङ्कलन र बिक्री हुने गरेको बोर्डका योजना अधिकृत दिपेन्द्र अधिकारीले बताउनुभयो । उहाँका अनुसार अहिले दूध सङ्कलनमा पनि समस्या छ । यस्तै दूधको खपत कम हुँदा किसान मर्कामा परेका छन् ।
किसानले उत्पादन गरेको १७ प्रतिशत मात्रै दूध विभिन्न सहकारी, डेरी उद्योगसहित औपचारिक क्षेत्रबाट सङ्कलन भइ बिक्रीवितरण हुने गरेको छ । बाँकी ७३ प्रतिशत किसान आफैँले प्रयोग गर्ने र होटल तथा रेष्टुरेन्टमा पुर्याउने गरेको सरकारको तथ्याङ्कले देखाएको छ । उत्पादन गरेको सबै दूध बजारसम्म नआउँदा दूधबाट लिनुपर्ने व्यापारिक लाभ किसानले लिन नसकेको अधिकृत अधिकारीले बताउनुभयो । दूध र दुग्धजन्य पदार्थले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भए पनि नागरिकले यसको प्रयोग कम गर्ने गरेका छन् ।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मानिस तन्दुरुस्त हुन प्रतिव्यक्ति वर्षमा ९१ लिटर दूध खान सिफारिस गरे पनि नेपालमा प्रतिव्यक्ति ७८.५ लिटर मात्रै खाने गरेको पाइन्छ । नागरिकले यसको प्रयोग बढाउनुपर्ने बोर्डका योजना अधिकृत अधिकारीको भनाइ छ ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


