कोरोनाको नयाँ ‘भेरियन्ट’ भेटिएको दाबी गरिएकोबारे नेपालले बेलायतसँग माग्यो जानकारी
काठमाण्डाै – सरकारले नेपालमा कोरोना भाइरसको नयाँ ‘भेरियन्ट’ भेटिएको दाबी गरिएकोबारे बेलायत सरकारसँग जानकारी मागेको छ । बेलायतकाे पत्रिका ‘डेली मेल’ ले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको दाबीसहित समाचार सामग्री प्रकाशित गरेपछि नेपालले बेलायत सरकारसँग जानकारी माग गरेको हाे ।
नेपालमा नयाँ भेरियन्ट भेटिएकोबारे बेलायत सरकारसँग भएको जानकारी पठाउन त्यहाँको इन्टरनेशनल हेल्थ रेगुलेशनलाई इमेलमार्फत पत्राचार गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो । नेपालमा नयाँ भेरियन्ट भेटिएको बेलायती सञ्चारमाध्यमको दाबीबारे हामीलाई कुनै जानकारी छैन भन्दै उहाँले नेपालमा अल्फा र डेल्टा भेरियन्ट मात्र भेटिएको प्रष्ट पार्नुभयो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएको भन्नेबारे आफूलाई कुनै जानकारी नभएको बताएको छ ।

-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


