विश्वव्यापी लकडाउन र यातायात बन्दले जलवायुमा सकारात्मक प्रभाव–अध्ययन
काठमाण्डाै – विश्वव्यापी रुपमा भइरहेको लकडाउन र हवाई सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव परेको पाइएको छ । कोरोना भाइरस र त्यसको महामारीका कारण धेरै क्षेत्रमा नकारात्मक असर परे पनि जलवायुको क्षेत्रमा भने यसले सकारात्मक प्रभाव परेको पाइएको हो ।
इन्भाइरोमेन्ट रिसर्च लेटर्समा प्रकाशित जर्मनीको लेइप्जीग विश्वविद्यालयको अध्ययनअनुसार वायुमा प्रदूषण घट्नुको साथै तापमान वृद्धिमासमेत सन्तुलन आएको छ । लामो समयसम्म विश्वका धेरै ठाउँमा लकडाउन हुँदा यातायातका साधन रोकिएको, उद्योग तथा कारखानाहरु बन्द भएको, मानिसको चहलपहल कम भएको लगायतका कारणले जलवायु प्रदूषणमा न्यूनीकरण भएको देखाएको प्रतिवेदनमा उल्लेख छ।
सन् २०२० को मार्च र मे महिनामा गरिएको अध्ययन विशेषगरी हवाई यातायातको अवस्था र त्यसले जलवायुमा पारेको प्रभावका बारेमा केन्द्रीत छ । अघिल्ला वर्षहरु त्यही समयमा हुने जलवायुको अवस्थासँग तुलना गरेर अध्ययन गरिएको लेइप्जीग विश्वविद्यालयले जनाएको समाचारसंस्था एएनआइले जनाएको छ ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


