गाउँपालिका अध्यक्षका छाेराले चलाएकाे जीप दुर्घटना, लाइसेन्स पनि थिएन
दाङ – दाङको बङ्गलाचुली गाउँपालिकाको जीप दुर्घटनामा परेको छ । घोराही-प्युठान सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका ४ पालुथानमा गाउँपालिकाको लु १ झ ६१६ नम्बरकाे जीप दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीका छोरा प्रकाशले गाडी चलाएको र उनको सवारी चालक अनुमतिपत्र समेत नभएको प्रहरीले जनाएको छ ।
गाउँपालिकाबाट घोराहीतर्फ आउने क्रममा गाडी दुर्घटनामा परेको हाे । गाडीमा रहेका चार जना नै सकुशल रहेकाे प्रहरीले जनाएकाे छ ।
जीप सडकदेखि पाँच मिटर तल खसेर रुखमा अड्किएको छ । गाडी तीव्र गतिमा रहेका कारण अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


