कोरोना खोप अहिले बालबालिकाको प्राथमिकता होइन : डब्ल्यूएचओ
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का वरिष्ठ खोप विशेषज्ञले बालबालिकाहरुलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपमा उच्च प्राथमिकता नपर्ने बताएका छन् ।
बिहीबार डब्ल्यूएचओको खोप विभागकी निर्देशक केटरिन ओब्रियनले कोरोना खोप कार्यक्रममा बालबालिकालाई प्राथमिकतामा राख्नु नपर्ने बताएकी हुन् ।
‘बालबालिकाहरु वास्तवमा कोभिड-१९ बाट संक्रमित हुने जोखिम निकै कम छ’, उनले भनिन् । उनका अनुसार बालबालिकाहरुलाई संक्रमण तथा मृत्युबाट बचाउन भन्दा पनि संक्रमण नियन्त्रणको लागि खोप लगाइनुपर्ने बताएकी हुन् ।
‘अहिले हामी वास्तवमा नै कठिन अवस्थामा छौं, विश्वभरका सबै मानिसहरुलाई पुर्याउन सक्ने खोप उपलब्ध छैन । अहिलेको अवस्थामा बालबालिकाहरुलाई खोप लगाउनु प्राथमिकता होइन’, ओब्रियनले थपिन् ।
उनका अनुसार स्वास्थ्यकर्मीहरु र ज्येष्ठ नागरिक तथा गम्भीर स्वास्थ्य समस्या भएका मानिसलाई खोप पुर्याउनु निकै महत्वपूर्ण छ । उनीहरुले किशोर तथा बालबालिकाले भन्दा पहिला खोप पाउनुपर्ने ओब्रियनले बताइन् ।
अमेरिका, क्यानडा, बेलायत र युरोपेली संघ (ईयू)ले १२ देखि १५ वर्ष उमेर समुहका बालबालिकालाई पनि खोप लगाउन अनुमति दिइसकेका छन् ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


