एकपटक संक्रमण भएपछि १० महिनासम्म कोरोनाको जोखिम न्यून

काठमाडौं । एकपटक कोरोना संक्रमण भएपछि १० महिनासम्म पुनः संक्रमण हुने जोखिम न्यून हुने एक अध्ययनले देखाएको छ ।

प्रतिष्ठित ल्यासेन्ट जर्नलमा हालै प्रकाशित एक अध्ययनको नतिजाअनुसार एकपटक कोरोना संक्रमित भएपछि शरीरमा १० महिनासम्म एन्टिबडी सक्रिय रहने देखिएको छ ।

युनिभर्सिटीक कलेज लण्डनका अनुसन्धानकर्ताले बेलायतका दुई हजार संक्रमितमाझ गरेको अध्ययनअनुसार पहिलो संक्रमण भएको १० महिनासम्म पुनः संक्रमण दर निकै न्यून देखिएको हो ।

अध्ययनको नेतृत्व गरिरहेकी मारिया कुर्तिकोभ भन्छिन्– एकपटक संक्रमित व्यक्ति कम्तीमा १० महिनासम्म सुरक्षित देखिनु साह्रै सुखद् कुरा हो, दोहोर्‍याएर संक्रमित हुनेको प्रतिशत निकै कम देखिएको छ ।’

यो अध्ययनमा कोरोना संक्रणविरुद्धको खोप लगाएका मानिसहरु भने सहभागी थिएनन् । खोप लगाएका व्यक्तिको एन्टीबडी र प्रतिरोधी क्षमताबारे बेग्लै अध्ययन गरिने उनीहरुले बताएका छन् ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP