६,६३६ जना संक्रमणमुक्त, ३,४७९ जनामा संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३,४७९ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४७१ पीसीआर परीक्षणबाट ३,०२४ र ३,२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३,४७९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ७३१, ललितपुरमा २५४, मोरङमा २२५, भक्तपुरमा १४६, काभ्रेपलाञ्चोकमा १२९ र झापामा ११८ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै धनुषामा ८६, धादिङमा ८३, सुर्खेतमा ७१, पाल्पामा ७०, मकवानपुरमा ६६, बारामा ६४, सुनसरीमा ६०,कास्कीमा ५८, नुवाकोटमा ५६,रूपन्देहीमा ५०, बर्दियामा ४७, सिरहा र बाँकेमा ४६/४६ जना, सर्लाहीमा ४२,कैलालीमा ४०,गोरखा र दाङमामा ३९/३९ जना र चितवनमा ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
बैतडीमा २६, सिन्धुलीमा २५, सल्यानमा २१, महोत्तरीमा २०, नवलपरासी पूर्व र गुल्मीमा १८/१८ जना, तनहुँमा १६, नवलपरासी पश्चिममा १५, अछाममा १४, रोल्पा र रूकुम पश्चिममा १२/१२ जना, रामेछापमा ११, रौतहट, सप्तरी, पर्वत र अर्घाखाँचीमा १०/१० जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै उदयपुर र कविपलवस्तुमा ९/९ जना, स्याङ्जामा ८, कञ्चनपुरमा ७, इलाम र संखुवासभामा ५/५ जना, भोजपुरमा ४, तेह्रथुम, पर्सा, पोखरा, बागलुङ र जाजरकोटमा ३/३ जना, रसुवा, प्युठान र हुम्लामा २/२ जना तथा पाँचथर, सोलुखुम्बु, म्याग्दी, लमजुङ, रूकुम पूर्व, दैलेख, दार्चुला र बाजुरामा १/१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्षमुनिका ९१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २५७ जनामा कोरोना संक्रमण देखिएको छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


