दीपावलीसम्म ८० करोड जनसंख्यालाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने मोदीको घोषणा
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दीपावलीसम्म मुलुकका ८० करोड गरीब नागरिकहरुलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने घोषणा गरेका छन् । सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले प्रधानमन्त्री गरीब कल्याण योजनाअनुसार दिइँदै आएको निःशुल्क रासनको समयावधि बढाउने घोषणा गरेका हुन् ।
‘सरकार यो महामारीमा गरीबको साथमा छ । हाम्रो ८० करोडभन्दा धेरै जनसंख्याले नोभेम्बरसम्म रासन पाउनेछन् । कसैले पनि भोकै सुत्नुपर्दैन’, मोदीले भने ।
यसअघि सन् २०२० को अक्टोबरमा मोदीले महामारीमा भारतले १५ खर्ब भारतीय रुपैयाँबराबरको रासन ८० करोड गरीब नागरिकहरुलाई निःशुल्क वितरण गरिने घोषणा गरेका थिए ।
यसैबीच मोदीले भारतको खोप अभियानको पनि बचाउ गरेका छन् । उनले जुन २१ बाट भारतको सरकारले १८ देखि ४४ वर्ष उमेर समूहका मानिसहरुलाई पनि निःशुल्क खोप वितरणको काम सुरु गर्ने बताएका छन् । अहिले नै भारतमा ४५ वर्षमाथिका मानिसहरुले कोरोना खोप लगाइरहेका छन् । भारतमा कोरोना खोप अभियान निकै सुस्त चलिरहेको भन्दै आलोचना भइरहेको समयमा मोदीले यस्तो घोषणा गरेका हुन् । उनले सरकारले मुलुकमा कोरोनाको महामारी फैलिँदा सबै संयन्त्रहरुलाई प्रयोग गरेर आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रयास गरेको दाबी गरे ।
अहिलेसम्म भारतमा २३ करोड डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई दिइसकेको मोदीले बताए । एक वर्षभित्र भारतले दुई स्वदेशी खोप सार्वजनिक गरेको र सोही खोपको कारण अहिले भारतले आफ्नो खोप अभियान सञ्चालन गरिरहेको भन्दै यसमा गर्व गर्नुपर्ने बताए । मोदीले आगामी दिनमा कोरोना खोपको आपूर्ति पनि बढ्ने उल्लेख गरे । अहिले भारतमा सातओटा कम्पनी विभिन्न किसिमको खोप बनाइरहेको र बाँकी तीन खोपको अन्तिम चरणको मानव परीक्षण चलिरहेको मोदीले बताए ।
एजेन्सीहरुको सहयोगमा
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


