विश्वमा संगठित अपराधविरूद्धको अपरेशनमा ‘एप’ प्रभावकारी, ८ सय भन्दा धेरै व्यक्ति पक्राउ
काठमाण्डाै – अमेरिकाको संघीय जाँच ब्युरो एफबीआईले एपमार्फत ८ सय भन्दा धेरै अपराधीलाई पक्राउ गरेको जनाएको छ ।
म्यासेजहरु गोप्य हुने एएनओएम नामक एपमार्फत विश्वरभरिबाट विभिन्न अपराधमा संलग्न ८ सय भन्दा धेरैलाई पक्राउ गरेको एफबीआईलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अमेरिका, अष्ट्रेलिया र युरोपियन युनियनका अधिकारीले बनाएको योे एपका म्यासेजहरु गोप्य हुने विशेषताका कारण अपराधमा संलग्नहरुले यो एप चलाउने क्रम बढेको छ ।
अपराधीहरुले एप प्रयोग गर्न थालेपछि अधिकारीहरूले उनीहरूका योजनाबारे थाहा पाउन थालेका थिए । म्यासेजको आधारमा अहिलेसम्म अष्ट्रेलियामा २२४, न्युजिल्यान्डमा ३५, स्विडेनमा ७५, जर्मनीमा ६०, नेदरल्यान्डस्मा ४९ जनालाई पक्राउ गरिएको छ । यो अपरेशन विश्वभरिका संगठित अपराधविरूद्ध ठूलो प्रहार भएको खबरमा उल्लेख छ ।
यस्तै, उनीहरुको साथबाट ठूलो मात्रामा लागु औषधसहित १४ करोड ८० लाख डलर पनि बरामद गरिएको बीबीसीले जनाएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


