कोरोनाबाट दुई जनाको मृत्यु
जेठ: कोरोनाभाइरस सङ्क्रणबाट दुईजनाको निधन भएको छ । ती मध्ये एक सङ्क्रमित महिलाको मुखबाट रगत बान्ता (युजिआइ ब्लिडिङ)का कारण मृत्यु भएको छ ।तेह्रथुमको आठराई घर भई फिदिममा बस्दै आएका ६५ वर्षीया महिलाको आज पाँचथर जिल्ला अस्पतालमा मृत्यु भएको हो । यही जेठ २५ गते गरिएको एन्टिजेन परीक्षणमा उनी सहित परिवारका अन्य सदस्यमा समेत कोरोना पुष्टि भएको थियो । उनीका श्रीमान पनि सङ्क्रमित भइ अस्पतालमा उपचाररत छन् ।
होम आइसोलेसनमा रहेकी ती महिलालाई स्वास्थ्यमा समस्या आएपछि आज अस्पताल पु¥याइएको जनाइएको छ । सङ्क्रमित महिलाको मुखबाट रगत बान्ता गर्ने समस्याका कारण ज्यान गएको जिल्ला अस्पतालका सिनियर अहेव उमेश शाहले जानकारी दिनुभयो । विशेषतः कोरोनाजस्ता जटिल अवस्थामा हुने मद्यपानले यस प्रकारका समस्या निम्त्याउने गरेको उहाँको भनाइ छ । जिल्लामा विहीबार पनि दुई सङ्क्रमितको मृत्यु थियो ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


