प्रदेश २ मा महिलालाई मन्त्री नबनाएकोमा एमाले सांसदको आक्रोश
जनकपुरधाम । प्रदेश २ मा महिलालाई मन्त्री नबनाएको भन्दै प्रदेशसभामा प्रश्न उठेको छ । हालै नेपाली कांग्रेसलाई सहभागी गराएर प्रदेश सरकार विस्तार गरिएको छ । कांग्रेसबाट तीन जना मन्त्री बने पनि महिलालाई जिम्मेवारी दिइएको छैन ।
शनिबारको प्रदेशसभा बैठकमा बोल्दै एमाले सांसद मन्जु यादवले महिलालाई ५० प्रतिशत आरक्षण दिने घोषणा भएको प्रदेशमा नै महिलालाई पछाडि पार्न खोजिएको बताइन् । ‘यो प्रदेशमा सक्षम महिला सांसद छैनन् ? मन्त्रिपरिषद्मा कुन नीतिबाट महिलालाई वञ्चित गरिएको हो, त्यसको जवाफ दिनुपर्दैन ?’
हरेक अधिकारको आन्दोलनमा महिला कुचो र ढुंगा बोकेर आएको भन्दै सांसद यादवले पुरुष सांसदप्रति लक्षित गर्दै भनिन्, ‘तपाईंहरुलाई लाज लाग्दैन् ?’ उनले मधेशका महिला गुलामी गर्न मात्रै राजनीतिमा नआएको बताइन् ।
प्रदेशमा अहिले मुख्यमन्त्री र ६ जना मन्त्री छन् । तर, कोही पनि महिला छैनन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा राज्यमन्त्रीको रुपमा उषा यादव छिन् । यसअघि भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा भए पनि उनलाई केही दिनअघि पदमुक्त गरिसकिएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


