नीति तथा कार्यक्रम पारित गर्न प्रदेश २ मा जसपाको ह्वीप
जनकपुरधाम । प्रदेश २ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गर्न सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले ह्वीप लगाएको छ ।
प्रदेशसभामा जेठ २७ गते प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि शनिबारदेखि छलफल प्रारम्भ भएको छ । आइतबार थप छलफल गरी पारित गर्ने कार्यक्रम रहेको छ ।
जसपा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री लालबाबु राउतले संसदीय दलको बैठकमा सचेतकलाई ह्वीप लगाउन निर्देशन दिएको आधारमा ह्वीप लगाइएको सांसद रामाशिष यादवले जानकारी दिए । उनले भने, ‘ह्वीप त सबै सांसदले मान्नैपर्यो ।’
पार्टीभित्रको पूर्व राजपा समूह संघीय सरकारमा गएपछि पूर्व समाजवादी समूहले प्रदेश सरकारबाट पूर्व राजपाका मन्त्रीलाई हटाएर कांग्रेसलाई सरकारमा ल्याएको छ । पूर्व राजपा समूहले नीति तथा कार्यक्रम पारित गर्न नसक्ने आशंकामा ह्वीप लगाइएको पार्टीका एक सांसदले जनाए ।
यद्यपि नीति तथा कार्यक्रमलाई के गर्ने ? भन्ने सन्दर्भमा आफूहरुको कुनै छलफल नै नभएको पूर्व राजपाका सांसद उपेन्द्र महतोले बताए । पूर्व राजपा पनि नीति तथा कार्यक्रम पारित गर्ने पक्षमा देखिएको एक सांसदले बताए ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


