आन्तरिक लडाई छोडी पहिला संविधान जोगाऔँ : पूर्व मन्त्री त्रिपाठी
परासी, ३० जेठ ।
नेपालको राजनितिक दलहरुमा विभाजका घटनाले संविधान नै खतरामा परेको पुर्व मन्त्री त्रिपाठीले बताएका छन् । जिल्लामा आयोजित पत्रकार सम्मेलनमा पुर्वमन्त्री त्रिपाठीले बोल्दै यति बेला राजनिति, दलहरुको हातबाट बाहिर गई अदालतको परिसरमा पुगेको छ ।
images
दलहरु आफनो नीति मर्यादामा नबसी दलहरुमा असन्तुष्टि बढदै, दलहरुमा विभाजन देखा पर्दै गएकाले यो असुभ संकेत देखिएको र यसले संविधान नै समाप्त हुने संकेत देखिएको बताएका हुन् । यतिबेला संसदको अभावमा संविधान घाईते भएको छ । नेताहरु कुर्चीका लागि दौडधुप गरिरहेको र दलभित्रै आन्तरिक खिचातानी र लडाईले नेताहरु संविधान जोगाउनु भन्दा संविधानलाई झनै जोखिममा पार्ने कार्य गरिरहेको नेता त्रिपाठीले आरोप लगाएका हुन् ।
संविधान जोगाउन यतिबेला दुईवटा विकल्प देखिएको मध्ये पहिलो विकल्प संसद पुर्नस्थापन र दोश्रो विकल्प चुनाव रहेको भन्दै नेता त्रिपाठीले सबै दलहरु मिलेर संविधानलाई जोगाउन आवश्यक रहेको बताए । नेता त्रिपाठीले पत्रकार सम्मेलनमा मार्फत स्वतन्त्र राजनितिक समुहले आफनो दल निर्माण र दर्ता प्रक्रिया पनि अगाडी बढाएको बताए । नेता त्रिपाठील भने, विभिन्न विज्ञहरुलाई राखेर दल निर्माणका लागि यसका बैचारिक र दस्तावेज बनाउने कार्य करिब करिब अन्तिम चरणमा पुगी सकेको छ । संघिय लोकतान्त्रिक गणतन्त्रको मुलमान्यतालाई अंगिकार गरि अगाडी बढिएको र दल निर्माणका लागि पुर्वपश्चिम गरि दुई ठुला भेला सक्दै काठमाण्डौमा भेला गरि दलको नामाकरण र पार्टी घोष्णा गरि निर्वाचनमा दल दर्ता गराउन योजना रहेको सुनाए ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


