प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गर्न मस्यौदा समिति गठन
जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गरिने भएको छ । यसको संशोधनका लागि सांसदहरु सहभागी भएको मस्यौदा समिति गठन गरिएको छ ।
सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधनका लागि मस्यौदा समिति गठन गरेको हो ।
समितिमा सत्तारुढ जनता समाजवादी (जसपा)को तर्फबाट रामाशिष यादव र नेपाली कांग्रेसको तर्फबाट शिवचन्द्र चौधरी तथा विपक्षी दल नेकपा एमालेको तर्फबाट सुन्दरबहादुर विश्वकर्मा, नेकपा माओवादी केन्द्रबाट रामकुमार यादव तथा नेपाल संघीय समाजवादी पार्टीबाट सावित्रीदेवी साहलाई राखिएको छ । समितिमा रहेकामध्येबाट एक जनालाई सभापति चयन गरिनेछ ।
समितिले प्रदेश सरकारको मन्त्रालय परिवर्तन भएअनुसार विषयगत समितिहरुको कार्यक्षेत्र निर्धारण गर्न, प्रदेशसभालाई सूचना मैत्री बनाउन, प्रदेशसभा तथा सचिवालयलाई व्यवस्थित तथा अझै प्रभावकारी बनाउने किसिमले प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गर्नेछन् ।
प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम २२३ बमोजिम संशोधन मस्यौदा समिति गठन गरिएको छ । समितिले कार्य प्रारम्भ गरेको १५ दिनभित्र काम गरिसक्नुपर्नेछ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


