श्रीलङ्कामा तीन दिनका लागि देशभित्र यातायात सेवा खुल्ला
७ असार : श्रीलङ्कामा देशभरी लगाइएको यात्रा प्रतिवन्धको व्यवस्था तीन दिनका लागि हटाइएको छ । सरकारी अधिकारीहरुले अस्थायी रुपमा यात्रा प्रतिवन्धको व्यवस्था हटाइएको सोमबार जानकारी दिएका हुन । देशव्यापी यात्रा प्रतिवन्ध फुकुवा भएसँगै श्रीलङ्का भित्र यात्रा गर्न खुल्ला भएको छ । श्रीलङ्कामा गत मेदेखि देशभित्र यात्रा गर्न प्रतिवन्ध लगाइएको थियो ।
कोरोनाभाइरस महामारी नियन्त्रण तथा व्यवस्थापन केन्द्रका प्रमुख तथा देशका प्रधानसेनापति शभेन्द्र सिल्भाले सिन्ह्वालाई दिएको जानकारी अनुसार सोमबारदेखि लागुहुने गरी तीन दिनका लागि यात्रा गर्न पाइने भएको हो ।
आफ्नो घरमा जान नपाएका वा अति महत्वपूर्ण कामका लागि आवत जावत गर्नुपर्ने बाध्यतामा रहेकाहरुलाई ध्यान दिएर तीन दिनका लागि खुल्ला गरिएको उनले स्पष्ट पारे । अत्यावश्यक कामका लागि हिड्नु पर्दा एउटा परिवारको दुई जना मात्रै हिड्न पाइने व्यवस्था गरिएको पनि प्रधानसेनापति सिल्भाले जानकारी दिए । त्यसैगरी सरकार नियन्त्रीत कार्यालय तथा कम्पनीहरुलाई पनि सिमित व्यक्तिलाई मात्रै हिड्न पाइने व्यवस्था गरिएको उनको भनाइ छ ।
श्रीलङ्कामा कोरोनाभाइरसबाट सङ्क्रमित भएका र मृत्यु भएकाहरुको सङ्ख्या अझै पनि बढी रहेकाले पुरै खुल्ला गर्ने अवस्था नरहेको सरोकारवालाहरुको निश्कर्ष छ । अहिले हटाइएको यात्रा प्रतिवन्धात्मक व्यवस्था आगामी बुधबार रातीदेखि भने फेरि लागु हुने सरकारले निर्णय गरेको छ । श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार सुपरमार्केटहरुमा बढीमा २५ जना मात्रै जान पाउने र साना पसलहरुमा बढीमा ३ जना मात्रै जान पाउने व्यवस्था गरिएको छ
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


