विहान मौलापुर नगरसभामा कुटाकुट, बेलुकी मेयर रीनाकुमारी पदमुक्त
काठमाडौं, ११ असार । मौलापुर नगरपालिकाको नगरसभामा बिहिबार कुटाकुट भयो । मेयर रीनाकुमारी साहले आफ्नै पति पूर्वमन्त्री प्रभु साहलाई अतिथिका रुपमा डाकेकी थिइन् । त्यसको विरोधमा काँग्रेस, माओवादी र नेकपा एमालेका माधवकुमार नेपाल पक्षीय प्रतिनिधिले विरोध गरे ।
नगरसभामा विवाद भएपछि कुटाकुट भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रुग्याँस नै प्रहार गर्नुपर्यो । नगरसभामा झडप भएको दिन बेलुकी निर्वाचन आयोगले मेयर साहको पद रिक्तको सूचना प्रकाशित गर्यो । यसलाई संयोग नै मान्नुपर्छ ।
रीना साह पूर्वमन्त्री प्रभु साहको प्रभावका कारण पनि मौलापुर नगरपालिकामा निर्वाचित भएकी थिइन् । उक्त नगरपालिका प्रभु साहको गृहनगर हो । साह माओवादी छाडेर एमाले प्रवेश गरेका हुन् । रीना साह पनि एमालेमा प्रवेश गरेपछि दल त्यागसम्बन्धी सूचना प्रकाशित गर्न माओवादी केन्द्रले निर्वाचन आयोगमा पत्र लेखेको थियो ।
पदमुक्त हुनेमा मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहका अलावा कटहरिया नगरपालिकाका मेयर सियाराम प्रसाद कुशवाहा पनि छन् । दुवैजना प्रभु साह पक्षीय हुन् ।
रौतहटमा प्रभु साहसँगै दल त्याग गरेका ४ नगरपालिकाका उपमेयर र एकजना गाउँपालिकाका उपाध्य पनि पदमुक्त भएका छन् ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


