कोरोना खोप लगाउनेलाई वर्षभरी सित्तैमा मासु
वर्षैभरी सित्तैमा मज्जाले मासु खान चाहनुहुन्छ ? यदि त्यसो हो भने कोभिड १९ को खोप लगाउनुहोस् ।
कोरोना खोप लगाउन नपाएर तड्पिरहेको बेला खोप पनि लगाउने र सित्तैमा मासु पनि खान पाइने खबरले पुलकित हुनुभयो होला । तर मख्ख नपर्नुस् किन कि यो नेपालको खबर होइन ।
वास्तवमा अमेरिकास्थित एक कम्पनीले कोरोना खोप लगाउनका लागि मानिसहरुलाई प्रोत्साहित गर्न यस्तो अफर ल्याएको हो ।
मासु प्रोसेसिङ गर्ने ब्राजिलियन बहुराष्ट्रिय कम्पनी जेबीएस एसएको अमेरिकास्थित शाखाले बिहीबार यस्तो घोषणा गरेको हो ।
कम्पनीले प्रायोजन गरेका अमेरिकामा रहेका विभिन्न भ्याक्सिनेसन क्लिनिकहरुमा गएर आगामी हप्ताहरुमा कोरोनाविरुद्धको खोप लगाउनेहरुमध्ये ५० अमेरिकी परिवारले आगामी वर्षभर सित्तैमा मासु पाउनेछन् । कम्पनीले ती परिवारलाई एक वर्षका लागि नि:शुल्क रुपमा सुँगुगर, कुखुरा तथा गाईको मासु उपलब्ध गराउने जनाएको छ ।
स्मरण रहोस् गत वर्ष उक्त कम्पनीमा मासु प्याक गर्ने हजारौँ कामदारहरुमा कोरोना भाइरसको संक्रमणदर उच्च देखिएपछि संक्रमण रोक्न केही समयका लागि कारखाना नै बन्द गर्नु परेको थियो । त्यसले अमेरिकामा मासु आपूर्तिमा असहजता आउनुका साथै मासुको मूल्यवृद्धि पनि भएको थियो ।
हाल कम्पनीका अमेरिकास्थित ६६ हजार कर्मचारीमध्ये ७० प्रतिशतले पूर्ण खोप प्राप्त गरिसकेको बताइएको छ ।
खोप लगाउनेहरुलाई सित्तैमा मासु उपलब्ध गराउने अफरले अमेरिकाका विभिन्न ग्रामीण इलकाहरुमा समेत खोपप्रति सचेतना जगाउने र मानिसहरुलाई कोरोना खोप लगाउनका लागि उत्प्रेरित गर्ने विश्वास कम्पनीको छ ।
कम्पनीले आगमी शनिबारदेखि कोलोराडोस्थित ग्रीलीमा आफ्नो पहिलो कोरोना खोप क्लिनिक सुरुवात गर्नेछ । उक्त क्षेत्रमा जेबिएस कम्पनीको एउटा ठूलो गौमांस कारखाना पनि छ । गतवर्ष उक्त कारखानाका झण्डै ३ सय कामदार कोरोना संक्रमित भएर ६ जनाको मृत्यु भएको थियो ।
स्मरण रहोस् विश्वका कतिपय देशहरुमा जनताहरु खोपका लागि तड्पिरहेको बेला कतिपय देशहरुमा भने जनताले खोप लगाउने इच्छा नगर्नाले खोप खेर जाने अवस्था छ । यस्तोमा विभिन्न मुलुकहरुले खोप लगाएबापत नगद पुरस्कार देखि कुखुरा, गाई, अण्डा तथा गाँजासम्म पुरस्कार दिने अभियानहरु चलाउनु परेको छ।
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
भदौ १४, २०८३
काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ। सेनाको हवाई टोलीले…


