नितु कपुरले आलिया–रणबीरको फोटो शेयर गर्दै भनिन्, ‘मेरी दुनिया’
असार । बलिउड कलाकारहरु आलिया भट्ट र रणबीर कपुर लामो समयदेखि प्रेम सम्बन्धमा छन् । सुरुवातको दिनमा उनीहरुले सम्बन्धको बारेमा लुकाउने गरेता पनि अब भने सम्बन्धको पृष्टि हुँदै आएको छ ।
आज अभिनेता रणबीरको आमा तथा कलाकार नितु कपुरले सामाजिक सञ्जाल इन्स्टाग्राममा आलिया र रणबीरसहितको फोटो शेयर गर्दै लेखेकी छिन्, ‘मेरी दुनियाँ’
फोटोमा रणबीर कपुर, रिद्धिमा कपुर, रिद्धिमाको छोरी र आलिया भट्ट देखिएका छन् । तस्वीरमा सबैजना मुस्कानसहित क्यामेरामा हेरिरहेको देखिन्छ ।
रणबीर र आलियाको विवाहको चर्चा समय–समयमा हुँदै आए पनि विभिन्न कारणले हालसम्म हुन सकेको छैन् । अब चाँडै नै आलिया र रणबीर एउटै फिल्म ‘ब्रह्मास्त्र’मा देखिदै छन् । आलिया र रणबीरबीच एक अर्काको पारिवारीक हिस्सा भैसकेको पनि जानकारहरु बताउछन् ।

-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


