यात्रुसँग तेब्बर बढीसम्म भाडा लिने आठ जना पक्राउ
काठमाण्डाै – ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट यात्रुसँग तीन गुणा बढीसम्म भाडा लिइ ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरू टिकट काउन्टरका कर्मचारीदेखि निजी गाडीका चालकहरू समेत रहेका छन् ।
झापाका पुण्यप्रसाद गिरी, गोर्खाका सन्तबहादुर कुमाल, इलामका खेमबहादुर पाँचकोटी, भक्तपुर बस्ने राजीव हिङ्गजु, झापाका सञ्जय खड्का, कञ्चनपुरका अम्मर ऐर, भक्तपुरका श्याम मछ्या र धनकुटाका हरेन्द्र बुढाथोकी पक्राउ परेका हुन् ।
वैदेशिक रोजगारबाट आएका र उपत्यका भित्रिने र बाहिरिने धेरै यात्रु निजी तथा सार्वजनिक गाडीबाट ठगीमा परेको गुनासोपछि ट्राफिक प्रहरीले कारबाहीलाई तीव्रता दिएको छ । काठमाण्डौ भित्रिन र बाहिरिन सार्वजनिक गाडीले अनुमति नपाए पनि कार, जीप, भ्यान लगायतका निजी गाडीले चर्को भाडामा यात्रु ओसारिरहेका छन् ।
निषेधाज्ञा खुकुलो हुन थालेसँगै यात्रु ठगिन सक्ने र समस्यामा पर्न सक्ने कुरालाई मध्यनजर गर्दै ट्राफिकले यात्रु बनेर भाडा मोलमोलाई गर्ने, गोप्य रूपमा बुझ्ने, निगरानी गरी यात्रुसँग बढी भाडा लिएका व्यक्तिहरूलाई पक्राउ गरी कारबाही गर्ने गरेको महाशाखा प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताउनुभयो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


