माधव नेपाललाई फकाउन ओली पक्षका नेता कोटेश्वरमा

काठमाडौं – नेकपा (एमाले)को एकता कायम गर्नका लागि अनौपचारिक वार्ता गरिरहेका दुवै पक्षका नेताहरु माधवकुमार नेपाललाई मनाउन उहाँकै निवास कोटेश्वर पुगेका छन् ।

केही दिनयता लगातार छलफल गरेर सहमतिको मस्यौंदासमेत बनाइसकेका नेताहरुले संयुक्त रुपमा नेपाललाई वार्तामा भएका विषयको ब्रिफिङ गरेका छन् ।

यसअघि नेपाल पक्षधर नेताहरुले मात्र ब्रिफिङ गरेकोमा आज अध्यक्ष केपी शर्मा ओली पक्षबाट वार्तामा रहेका उपमहासचिव विष्णु पौडेलसहित शंकर पोखरेल र सुवास नेम्वाङ पनि नेपाललाई मनाउन गएका हुन् ।

एमालेको केन्द्रीय कमिटी बैठकले सोमबार साँझसम्म शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने समय दिएको छ । त्यस बेलासम्म हस्ताक्षर फिर्ता नभए एकताको औचित्य सकिने अध्यक्ष ओलीले बताइसक्नुभएको छ ।

एमाले बैठकले नेता नेपाललाई विपक्षी गठबन्धन वा एमालेमध्ये एक रोज्न विकल्प दिएको भोलिपल्ट नेताहरुले नेपाललाई भेटेका हुन् । समिट होटलमा पछिल्लो समय दिनहुँ भइरहेका वार्तामा ओली पक्षबाट पौडेल, नेम्वाङ र पोखरेल सहभागी छन् ।

वार्तामा प्रदीप ज्ञवाली र विष्णु रिमाल पनि बेला बेला सहभागी हुने गरेका छन् । त्यस्तै नेपाल पक्षबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट सहभागी हुने गरेका छन् ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP