शुद्धोधन गाउँपालिकामा नालामा खसेर एक युवकको मृत्यु

कपिलवस्तु । कपिलवस्तकोु शुद्धोधन गाउँपालिका वडा नं.३ ठूलो सिसहानीया बस्ने बर्ष ३२ गणेश पासीको नाला खसेर मृत्यु भएको छ ।

कटयाभारी र ठूलो सिसहनियाको सिमानामा रहेको नालाको छेउमा करिब दिउँसो १ः३० बजेको समयमा त्यहाँ सौच गर्ने क्रममा माटोमा चिप्लिएर खसे पछि घटनास्थल नजीकै बिउ बिजन गर्दै गरेका एक स्थानीयले देखे लगत्तै नालाबाट निकालेर अस्पताल लग्ने क्रममा मुत्यु भएको परिवारिक स्रोतले जनाएको हो ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि ४ः३० बजेको समयमा जिल्ला अस्पताल तौलिहवा लागेका लबनी प्रहरी कार्यालयका इन्चार्ज बमदेव पाैडेलले बताए ।

TOP