मेरो पनि ४० वर्षकी छोरी क्यान्सरबाट गइन्ः प्रचण्ड

जनकपुर, २२ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पनि क्यान्सरबाट छोरी गुमाएको स्मरण गरेका छन् । क्यान्सरबाट निधन भएका माओवादी केन्द्रीय सदस्य महादेव यादवको परिवारलाई श्रद्धाञ्जली दिन पुगेका उनले ४० वर्षकी छोरी गुमाएको स्मरण गरेका हुन् ।

‘मेरो घरमा पनि ४० वर्षकी छोरी क्यान्सरबाट गयो,’ प्रचण्डले यादव परिवारलाई सम्झाउँदै भने,‘यो जटिल खालको रोग हो ।’

प्रचण्डकी जेठी छोरी ज्ञानु दाहालको क्यान्सरबाट निधन भएको थियो । उनका छोरा प्रकाश दाहालको पनि निधन भइसकेको छ ।

प्रचण्डले यादव परिवारलाई सम्झाइरहँदा उनीहरु रोएका थिए ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP