मोटरसाइकलमा गाँजा र पेस्तोल बोकेर हिड्दा…
असार । अबैध लागूऔषध सहित २ जना पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिका ८ सुक्रबारेबाट करिब १ सय ५० किलो अवैध लागूऔषध गाँजा र १ थान नक्कली पेस्तोल सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय भुपेन राय र सुनसरी रामधुनि नगरपालिका ७ बस्ने २५ वर्षीय अमिर लिम्बु रहेका छन् । चतराबाट कोशी बाँध हुँदै सवारी साधनमा गाँजा लैजादै गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले को.२ च ११२ नम्बरको भ्यान र को.२ प ३५०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा र नक्कली पेस्तोल सहित फेला पारी मोटरसाइकल र भ्यानमा सवार उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
भ्यान चालक र मोटरसाइकल सवार १ जना फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


