नेपालगञ्ज उपमहानगरले दियाे एक सय ६८ महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल
बाँके – महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले साइकल उपलब्ध गराइएको छ । नेपालगञ्जमा कार्यरत दुई सय एक जनामध्ये एक सय ६८ स्वयंसेविकालाई बुधवार उपमहानगरपालिकाका मेयर धवलशम्शेर राणाले साइकल हस्तान्तरण गर्नुभएकाे हाे ।
महिला स्वास्थ्य स्वयंसेविकालाई काम गर्न सहज हाेस् भनेर नगरकै स्वास्थ्य क्षेत्र सुधार हुने अपेक्षासहित साइकल सहयोग गरिएको मेयर राणाले बताउनुभयो ।
३३ जना महिला स्वास्थ्य स्वयंसेविका ६० वर्ष उमेर पूरा भएका कारण असारपछि अवकाश पाउने भएकाले उनीहरूलाई साइकल हस्तान्तरण नगरिएकाे उपमहानगरपालिकाकाे स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल उपलब्ध गराइएको हो । सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरूले उपमहानगरले गरेको सहयोगले आफूहरूलाई थप जिम्मेवार बनाएको बताए ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


