हेटौँडा अस्पताललाई डायलासिस मेसिन
वाग्मती, २५ असार: वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पताललाई तीन वटा डायलासिस मेसिन उपलब्ध गराइएको छ । हेटौँडा उपमहानगरपालिका र रोटरी क्लब अफ मकवानपुरको सहकार्यमा अस्पताललाई तीन वटा डायलासिस मेसिन उपलब्ध गराइएको हो ।
ती तीन वटा मेसिन खरीद गर्न उपमहानगरपालिकाले रु १६ लाख ५० हजार सहयोग गरेको र बाँकी रकम रोटरीले उपलब्ध गराएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । हेटौँडा अस्पतालमा पछिल्लो पटक सेवा विस्तारसँगै मिर्गाैलाको समस्यासम्बन्धी बिरामीलाई डायलासिस गराउन अन्य जिल्लामा जानुपर्ने बाध्यता हटेको छ ।
उपमहानगरपालिकाको सहयोगमा यस अस्पतालमा मिर्गाैलाको समस्यासम्बन्धी बिरामीको डायलासिस हुँदै आएको छ । वाग्मती प्रदेश सरकार मातहत रहेको यस अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालन हुँदै आएको छ । अस्पतालले पछिल्लोपटक सेवा विस्तार गरी जटिल प्रकृतिका विभिन्न शल्यक्रियासमेत शुरु गरेको छ ।
अग्नि सुुरक्षा सामग्री उपलब्ध
उपमहानगरपालिकाअन्तर्गत बारुणयन्त्रमा कार्यरत कर्मचारीलाई अग्नि सुरक्षा सामग्री उपलब्ध गराइएको छ । रु साढे तीन लाख मूल्य पर्ने अग्नि सुरक्षाका सामग्री बारुणयन्त्रका कर्मचारीलाई उपलब्ध गराइएको हो ।
ती सामग्री लगाएर आगो लागेको स्थानमै गएर आगलागीमा परेकालाई उद्धार गर्न सहज हुनेछ । हाल उपमहानगरपालिकासँग दुई बारुणयन्त्र रहेका छन् ।
सार्वजनिक यातायात सञ्चालन हुने
कोरोना महामारीका कारण करीब दुई महिनादेखि बन्द रहेका सार्वजनिक यातायात यही असार २७ गतेदेखि सञ्चालन हुने भएका छन् । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन कार्यालयका अनुसार आइतबारदेखि जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाउने भएका हुन् ।
सवारी सञ्चालन गर्दा विभिन्न नौ बुँदे निर्देशन पालना गर्नु पर्नेछ । यसअघि प्रशासनले निषेधाज्ञाको समयावधि यही असार ३१ गतेसम्म लम्ब्याएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


