एमालेमा एकता हुने भएपछि प्रचण्ड आकस्मिक रुपमा पुगे माधव नेपालकहाँ
काठमाडौं, २६ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । एमालेभित्र आजै सहमति हुने चर्चा चलिरहेको बेला प्रचण्ड माधव नेपाल भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् । अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीचको हालै भएको भेटवार्तापछि एमाले कार्यदलले सहमतिको खाका तयार पारेको छ ।
उक्त खाकालाई आजै सहमतिको अन्तिम रुप दिने बताईएको छ । तर, नेपालले भने शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि माग गर्दै सर्वोच्च अदालतमा हालेको रिट निवेदनमा गरेको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नलिने अडान लिएका छन् । र, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई प्रभावित पार्ने खालको सहमति आफूले नगर्ने बताउँदै आएका छन् ।
तर, पछिल्लो समय नेता नेपाल विपक्षी गठबन्धनको बैठकमा पनि सहभागी हुन छाडेका छन् । गठबन्धनलाई कहिल्यैपनि धोका नदिने बताउँदै आएका नेता नेपालले ओलीसँग सम्झौता गरेपछि विपक्षी गठबन्धन तुहिने हो कि भन्ने चर्चा पनि चलिरहेको छ। यही सन्दर्भमा दाहालले आज नेपालाई भेटेका हुन् ।
उनीहरुबीच के के विषयमा कुराकानी भयो ? त्यो खुलाईएको छैन् । प्रचण्डले नेपाललाई भेट्दाखेरि एमालेको कार्यदलको बैठक सुरु नै भएको थिएन । अहिले भने कार्यदलको बैठक सिंहदरबारमा जारी छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


