अवैध रुपमा प्रयोगमा आएको मोबाइल पहिचान गर्न सुरु
काठमाडौं, असार २७ । कर प्रणाली छलेका, नक्कल गरिएका र चोरीका मोबाइल दूरसञ्चार सेवामा प्रयोग गर्न नमिल्ने बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यसका लागि सफ्टवेयर जडान गरिसकेको छ । साउन १ देखि प्रारम्भिक रूपमै भए पनि यसरी अवैध प्रयोगका मोबाइल पहिचान गर्ने काम सुरु गरिने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।
करिब पाँच वर्षको प्रयत्नपछि मोबाइल संयन्त्र व्यवस्थापन प्रणाली ९मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस०को परीक्षणको प्रयोगमा प्राधिकरण जुटेको छ । यद्यपि यसका लागि आवश्यक हार्डवेयर नेपाल आइनसकेकाले यसको पूर्ण कार्यान्वयन भने अझै केही महिना हुने छैन ।
प्राधिकरणका अनुसार साउन १ पछि हाल जडान गरिएको एमडीएमएसको सफ्टवेयरले नेपालमा अहिलेसम्म प्रयोग भइरहेका वैध र अवैध मोबाइल चिन्नेछ । सफ्टवेयरले वैध मोबाइललाई श्वेत सूची ९ह्वाइट लिस्ट० र अवैधलाई कालोसूची ९ब्ल्याक लिस्ट०मा राख्नेछ । साउन १ अघि प्रयोगमा रहेका र कालोसूचीमा परेका मोबाइललाई भने ह्वाइट लिस्टमा रूपान्तरण गरिने अध्यक्ष खनालले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खवर छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


