ब्राजिलमा कोभिडबाट एकै दिन एक हजार २०० भन्दा बढीको मृत्यु
असार : ब्राजिलमा कोभिड–१९ को संक्रमणबाट एकै दिनमा एक हजार २०० भन्दा बढीको ज्यान गएको बताइएको छ । आइतबार त्यहाँका स्वास्थ्य अधिकारीहरूले सो जानकारी दिएका छन् ।
उनीहरुका अनुसार त्यहाँ एकै दिनमा १ हजार २०५ जनाको यस संक्रमणबाट निधन भएको हो । योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ५ लाख ३२ हजार भन्दा बढी पुगेको बताइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरूले आइतबार सो कुरा बताएका छन् ।
यसैगरी त्यहाँ गएको २४ घन्टामा ४८ हजार जना भन्दा बढी व्यक्ति त्यहाँ संक्रमित भेटिएका छन् । आइतबार सम्ममा त्यहाँका १ करोड ९० लाख ९८ हजार भन्दा बढी व्यक्ति संक्रमित हुन पुगेको पनि स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन् ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीमा पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको छ । कोरोनाको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको ती अधिकारीले जनाएका छन् ।
ब्राजिलका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार त्यहाँका प्रति एक लाख जनामा २५३ जनाको मृत्यु भएको बताइएको छ । यो मृत्युको प्रतिशत गएका केही महिनाअघि मात्र हेर्दा प्रति एक लाख जनसंख्या संक्रमणमा कम्तीमा पनि १३३ जनाको ज्यान जाने गरेको पनि बताइएको थियो ।
ब्राजिलको साओ पाओलो शहर सुरुदेखि नै यो संक्रमणको एक किसीमले केन्द्रबिन्दुको रूपमा रहेको पनि पाइएको छ । यस शहरका स्वास्थ्य संस्थाहरू भरिएका छन् भने ती संस्थाका करिब ९१ प्रतिशत जति आकस्मिक कक्षहरू पनि भरिएका पाइएको छ ।
त्यहाँको सरकारले कोभिड १९ विरुद्धको खोप लगाउने कामलाई प्राथमिकता दिइएको छ । खोप लगाउने कामलाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गरिएको बताइएको छ ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


