निषेधाज्ञामा सामान्य परिवारको समस्या समेटिएको गंगालाल श्रेष्ठको पुस्तक सार्वजनिक
काठमाडौं, २७ असार । कोरोना भाइरसको संक्रमणदर बढ्दै गएपछि बैशाख १६ गतेदेखि सरकारले जारी गरेको निषेधाज्ञामा सामान्य परिवारलाई परेको समस्यालाई समेटिएको पुस्तक आज विमोचन भएको छ । रिपोर्टर्स क्लब नेपालमा हाम्रो देश हामीले नबनाए कस्ले बनाउने ? पुस्तक विमोचन गरिएको हो ।
पुस्तकमा विभिन्न समयमा गरिएका काम र सर्वोच्चलगायत निकायमा रिट हालेको विषय समेटिएको छ । लेखक गंगालाल श्रेष्ठले सरकारले जारी गरेको निषेधाज्ञामा नहुनेहरुलाई खानाको व्यवस्था गर्नुपर्ने भन्दै सर्वोच्चमा आम नागरिकको प्रतिनिधित्व गरेर रिट हालेको बताए ।
‘हुनेले त खान्छन् नहुनेले के खाने ?’ कार्यक्रममा श्रेष्ठले भने, ‘सरकारको आज्ञा नागरिककले पालन गरेर घरभित्र बसेपछि सरकारले पनि नागरिकको खानाको व्यवस्था गर्नुपर्दैन् ।’ उनले भने, ‘नहुनेलाई खाद्यान्नको व्यवस्था, घरबहालमा सहजीकरण, स्वास्थ्य उपचारमा निशुल्क व्यवस्था र लकडाउनको बैकल्पिक व्यवस्था गर्न माग गर्दै जेठ २ गते सर्वोच्च अदालतमा रिट दिए ।’
उनले असार ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई २३ वटा प्रश्न राखेर १६ बुदे ज्ञापनपत्र बुझाए पनि सम्बोधन नगरेपछि आफुले गरेको सबै काम, प्रयास पुस्तक मार्फत आम नागरिकमा लिएर आएको जिकिर गरे । पुस्तकमा सर्वोच्च अदालतमा रिट दर्ता गरेको, अदालतले दिएको लिखित जवाफ र प्रधानमन्त्री समक्ष पेश गरेको २३ वटा प्रश्न १६ बुदे ज्ञापनपत्रमा लेखिएको सबै कुरा जस्ताको तस्तै समेटिएको बताए ।
पुस्तकका लेखक काभ्रे पाँचखाल–४ फेदीका स्थानिय हाल ललितपुरको बालकुमारीमा अस्थायी रुपमा बसोबास गर्दै आएका छन् । श्रेष्ठले फुटपाथका निम्न व्यापारीको पक्षमा पनि आवाज उठाउदै आएका छन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


