वालविवाह गर्ने, गराउने ३ जना पक्राउ
पर्सा, ३१ असार । वालबिवाह गर्ने तथा गराउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वालविवाह गर्ने तथा गराउने कार्यमा संलग्न रहेको अभियोगमा पकाहामैनपुर गाउँपिलका १ धोरे बस्ने २४ वर्षीय विशाल सहनी, सोही ठाउँ बस्ने ६५ वर्षीय ठग सहनी र बारा प्रसौनी गाउँपालिका ५ बेलहीया पनटोका बस्ने ४८ वर्षीय महेश सहनीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
महेश र ठगले आपसी सहमति गरी धोरेस्थित भुटनदेवी मन्दिरमा विशालसँग २०७७ माघ १९ गते १७ वर्षीया किशोरीसँग वालविवाह गराएको खुल्न आएपछि वालविवाह गर्ने विशाल र वालविवाह गराउने कार्यमा संलग्न महेश र ठगलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनीहरूमाथि जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी मुलुकी अपराध संहिताको दफा १७३ विपरीत विवाह सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


